जन्डीस (पहेलो रोग ): हाम्रो बुझाइ, भ्रम र यथार्थ

जन्डीस भनेको के हो ? के   जन्डीस आफैमा कुनै रोग हो त ?

जन्डीस भनेको शरीरमा पहेलो तत्व ( Billirubin )  बढेको अवस्था हो |

भ्रम : यो आफैमा एउटा रोग हो | एकदमै मुख बार्नु पर्ने रोग | मुख राम्ररी बर्न नसके बल्झिरहंछ |

येथार्थ : यो आफैमा एउटा रोग होइन |रगत को रोग र कलेजो को रोगले गर्दा बिशेष गरि जन्डिस देखा पर्दछ।  धेरै अवस्थामा योकलेजोको रोगको लक्षण हो | जसरी ज्वरो आफैमा एउटा रोग होइन,  होत्यस्तै  मात्र कलेजो सुन्नेको या कलेजोमा असर छ है , यसको अर्थहुन सक्छ | Gall Bladder ( पित्त थैली ) मा पथ्थ्हर हुँदा नि जन्डीस देखिन सक्छ|

जन्डीसका मुख्य कारण

  • Hepatitis ( हेपाटाइटिस ) A,E ; Typhoid – कारण फोहोर पानी
  • Gall Bladder ( पित्त थैली ) मा पत्थर
  • Alcoholic liverdisesase ( रक्सी र कलेजो रोग)

सफल उपचार गरे जन्डीस निको हुन्छ | मुख बार्नमात्र लागएर उल्टो बेफाइदा हुन सक्छ |

जन्डीस मा के के लक्षण हुन्छन त ?

खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने,मुख नमिठो हुने , आलस्य , कमजोरी, पहेलो पिसाब , आँखा बाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा पर्ने | करंग मुनिको  दाहिने भाग, कोखा दुख्ने |

जन्डीसमा के के जांच गर्ने

  • CBC , LFT – रगत बाट
  • URINE RE , ME – पिसाब बाट
  • USG – पेटको VIDEO XRAY
  • Liver scan : कलेजोमा के कति खराबी छ , कलेजो बिग्रेको छ ? छैन ; भनेर देखाउने अत्याधुनिक मेसिन।
  • अरु चिकित्सकको सल्लाह अनुसार

धेरै मानिसहरुको समस्या यस्तो  हुन सकछ : माथि उल्लेखित जन्डीसका कुनै पनि लक्षण नभएको तर

१. रगत जाँच्दा जन्डीस देखियो रे

२. जति मुख बार्दा नि , जन्डीस ( रगत मा BILLIRUBIN को मात्र   NORMAL मै आएन |

३. मलाई लामो समय देखि जन्डीस छ | मुख सार्है नै बारछू तर कम हुन्न रगत मा BILLIRUBIN

समाधान :

जन्डीस को लक्षणहरु छन् र रगत मा पनि BILLIRUBIN माथि छ कि छैन ; यो बुझ्नु जरुरत हुन्छ | जन्डीस को लक्षणहरु नहुनु तर BILLIRUBIN हल्का माथि रही रहन सक्छ | LFT ( रगत को जाँचमा ) BILLIRUBIN संगै ALT/AST ( SGPT/SGOT) भन्ने test पनि हुन्छ ; यो normal छ  भने आतिनु पर्दैन | कति अवस्था मा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर  BILLIRUBIN  २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | जति पटक रगत जाँच्दा नि | एस्तो case धेरै भेटिन्छन | यो  जन्डीस वा कलेजो को रोग होइन |

जन्मजात देखि नै कसै कसैको BILLIRUBIN अरुको भन्दा हल्का माथि हुन्छ| यिनीहरुमा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर  रगत जाँच्दा BILLIRUBIN  २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | कम पानी पिउँदा , अनिन्द्रा मा , बढी मासु खादा, शारीरिक काम बढी गर्दा BILLIRUBIN अरु बेला को भन्दा अझै बढ्न सक्छ, तर ALT/AST (SGPT/SGOT) संधै normal हुन्छ | GILBERT Syndrome भनिन्छ | यस्लाई अरु बेला को जस्तो जन्डीस भन्दै उपचार गरि हिंड्नु पर्दैन | पानी बढी प्रयोग गर्ने बानि राम्रो हुन्छ | रगत बाट जन्मजात जन्डिस (GILBERT Syndrome  ) हो ? होइन ? जाँच्न सकिन्छ।

लामो समय सम्म जन्डीस हुने मुख्य कारण

  • Alcoholic liverdisesase ( रक्सी र कलेजो रोग)
  • Hepatitis ( हेपाटाइटिस ) B , C ; – कारण रगत बाट, असुरक्षित यौन सम्पर्क बाट, IV drug abusers, आमा बाट सन्तान मा
  • cirrhosis ( कलेजो बिग्रे पछि  / liver failure )

उपचार

jaundice (जन्डीस) को उपचार गर्ने होइन | येसरी त ज्वरो आउँदा cetamol खाको जस्तो भयो  | jaundice (जन्डीस) गराउने कलेजो रोग को उपचार गर्नु पर्यो | पेट तथा कलेजो रोग विशेषज्ञ संग परामर्श र उपचार गराए निको नि हुन्छ, बल्झिरहने भन्ने समस्या नि रहन्न | पानी बढी प्रयोग गर्ने |

भ्रमहरू (यसमा सत्यता छैन     

१.Liver tonics ले jaundice (जन्डीस) को सफल उपचार

२.Liver tonics खाए पछि रक्सी खान हुन्छ |

३. Liver tonics खाए पछि कलेजो बिग्रन्न |

के बार्ने, के नाबारने ; यो बुझ्न आवस्यक छ |

  • jaundice (जन्डीस) को कारण : जस्तै हाम्रो समाज मा मुख्य alcohol (रक्सी )
  • कलेजो खानामा  बिशेष गरि fat (चिल्लो) र protein pachauna प्रयोग हुने  हुँदा ; कलेजोलाइ आराम दिनको लागि  माछा मासु चीलो नखाने |

भ्रमहरू (यसमा सत्यता छैन):

    १.बेसार खाएर jaundice (पहेलो रोग ) बढ्छ , नुन खानु हुन्न

२. जे पनि उमालेको खाने

३. तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्न|

बास्तविकता खानपानको कुरामा :

१. पानी बढी पिउने

२.मुख नमिठो हुने हुँदा : मिठो पानी ( Glucose पानी), फलफूल को juice खाने भनिएको हो | फलफुल बाट पानी को बिकल्प को साथमा स्वादिलो र तागत पनि आउंछ | liver( कलेजो ) लाई असर पनि गर्दैअन | सकी नसकी मेवा , उखु खोज्दै हिंड्नु पर्दैन | उखु पेल्ने हात पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ | ख्याल राख्नु : पानी उमालेओ या सफा (filter) फिल्टर गरेको हुनु पर्छ |

३.निएमित बिहान बेलुका खाने दाल भात खान मिल्छ | तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्छ| तेलमा fry गरेको , तेलमा तारेको , junk food , momo , chowmein नखाने |

४.coke, Fanta, प्याकेट को पाइने ready to eat food , पेयपदार्थ नखाने|

५.खाजा पनि खाने

६.कति पटक त यो नखाने त्यो नखाने गरेर बिरामी ले पुष्टिक तत्व नै पाउन्दैन | jaundice ले भन्दानी खाना नपाएर बिरामी कम्जोर , दुब्लो , र धेरै पटक gastric (ग्यास्टिक ) , ulcer (उल्सर ) भएर नि आउने गर्छन |

Leave a Reply