पेटमा देखिइरहने समस्याहरु

ग्यास्ट्रिक र अल्सर

पेट दुख्ने , पेट फुल्ने, पेट असजिलो हुने , मुख नमिठो हुने , खाना न पच्ने, खान साथ् दिसा लाग्ने , केही चिज खाएपछि अमिलो डकार आउने या छातीको विचतिर दुख्ने , धेरै पेटका समस्या लिएर बिरामी हस्पिटल , क्लिनिक मा  आउनु हुन्छ । यस्तो समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौ। तर सबैमा ग्यास्ट्रिकको लक्षण एउटै प्रकारको हुँदैन । अल्सर हुँदा दुखाइ बढेर आउने,खाली पेट बस्न नसक्ने, खायो कि पेट दुखि हाल्ने  र कसै कसैलाई बान्ता हुने,खान मन न लाग्ने , समस्या बढ्दै जाँदा दिसा कालो पनि हुन सक्दछ । ग्यास्ट्रिक र अल्सर लाई  सामन्य भाषामा येसरी पनि बुझ्न सकिंछ । ग्यास्ट्रिक – बिरामीले समस्या लिएर आउने तर ईन्डोस्कोपी  गर्दा घाउ नदेखिएको अवस्था ।अल्सर – बिरामीले समस्या लिएर आउने र ईन्डोस्कोपी गर्दा घाउ देखिएको अवस्था।

यसो भनि रहंदा पेट को हरेक समस्या ग्यास्ट्रिक र अल्सर मात्र हुँदैनन् 

  • .जि.इ.आर.डी- ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज (रिफ्लक्स) – सामान्यता पेटले एसिड निकल्छ , जुन पाचन मा र किटाणु बाट बच्न प्रयोगमा हुन्छ। यो एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेट लाई जोड्ने भाग खुकुलो भएर आउँछ ।जसले गर्दा पेटमा रहने एसिड माथि छातीमा र घांटीमा आउन थाल्छ, त्यसलाई रिफ्लक्स (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) भनिन्छ । बिशेस  गरि पल्टे  पछि वा सुते पछी वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ । मानिसहरु यसमा घांटी पोल्ने, घांटीमा केहि अड्केको महशुस गर्ने , छाती पोल्ने, छाती दुख्ने, अमिलो पानि आउने, डकार बढेर आउने ,सुक्खा खोकी लागि रहने , आदि समस्या लिएर पनि आउने गर्नु हुन्छ।
  • आइ बी यस ( इरिटेबल बावल सिन्ड्रोम ): पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल , क्लिनिक मा आउने गर्छन् ।हरेक पेटको रोग  ग्यास्ट्रिक वा अल्सर  हुँदैनन्। बिशेष गरेर  युवा वर्ग , अफिसमा काम गर्ने , बिधार्थी , पढेलेखेको वर्ग , अलि मानसिक तथा शारीरिक थकान मा काम गर्ने व्यक्तिमा यो समस्या देखा पर्न थालेको छ । खानपिन को ख्याल नराख्ने , समयमा खान खाजा नखाने ,घर बाहिर बढी खाजा , खान खाने बिशेष गरि यो पेटको समस्या लिएर आउनु हुन्छ।  यसमा पेट फुल्ने , असजिलो र पेट दुख्ने हुन्छ ।कोहि कब्जियत को समस्या लिएर आउनु हुन्छ ।   कोहि दिनमा ३,४  पटक दिसा लाग्यो भनेर । दिसा गरे पछि हल्का आराम को महशुस हुने गर्दछ ।  परिक्षण गर्दा सबै जांच भिडियो एक्सरे , ईन्डोस्कोपी, कोलोनोस्कोपीमा केहि पनि खराबी देखिन्न । चिन्ता , टेन्सन ,   अतालिएको  को बेलामा समस्या बढेर आउँछ । केहि काम गर्दा भन्दा नगर्दा यसै बस्दा बढी समस्या भएको भान हुन्छ ।
  • यसलाई आइ. बी. यस. (इरिटेबल बावल  सिन्ड्रोम) भनिन्छ  । यो समस्या थुप्रै मानिसमा देखिने गरेको छ  । इरिटेबल बावल सिन्ड्रोम र ग्यास्ट्रिक दुबैमा कति पटक उस्तै लक्षण देखिन्छन । धेरै पटक यी दुईबीच भिन्नता छुट्याउन गार्हो हुन्छ र ‘ग्यास्ट्रिक ’ भन्दै उपचार हुने गर्दछ । समस्याको सही पहिचान नहुँदा मानिसहरु इरिटेबल बावल सिन्ड्रोममा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन् ।औषधि खाँदा हल्का निको भएको अनुभव पनि हुने गर्दछ । कति बिरामी त  औषधि खाँदा ठिक तर औषधि छोड्न साथ् गारो महसुस गर्नु हुन्छ । लामो समय देखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ र पूर्ण रूपमा समस्या निको भाको छैन वा औषधि मा बानि परेको छ  भने ख्याल राख्नुस , हजुरलाई इरिटेबल बावल  सिन्ड्रोम पनि हुन सक्छ ।यस्को उपचार ग्यास्ट्रिकको उपचार भन्दा केहि फरक हुन्छ ।

४. कब्जियत : यो समस्या आजभोली धेरै युवा वर्गमा देखिन लागेको छ ।दिसा खुलेर न हुने , दिसा बस्न समय लाग्ने , दिसा गरिसके पछि पनि पेट असजिलो दिनभर भइरहने । कति बिरामीहरु मल द्वार बाट दिसा गरेको अन्तिम मा रगत छड़किये जसरि दिसा मा रगत देखियो पनि भन्नु हुन्छ । मलद्वार बाट दिसा मा रगत आयो भन्दैमा सबै एस्तो समस्या पाइल्स को भने हुँदैन । कब्जियात हुँदा , दिसा सारो  हुँदा, मलद्वार को पातलो भित्रि छाला मा सारो दिसले घस्रण गर्दा दिसाको अन्तिम समयमा रगत देखा पर्न सक्छ ।सबै पेट को रोग ग्यास्ट्रिक हुँदैन भने जस्तै दिसामा रगत देखिन साथ् सबै लाई पायेल्स नै भएको हो  पनि भनि हाल्नु मिल्दैन  । दिसामा रगत देखिने पायेल्स बाहेक धेरै कारण छन् र हुन्छन पनि  । दिसा मा रगत देखिंदा पायेल्स भनेर घरेलु उपचार गर्ने भन्दा पनि   डाक्टर लाई देखाएर उपछार गर्दा उचित हुन्छ। पानि कम पिउँदा , चिल्लो खान , मासु , फ्राई गरेको खाँदा यी समस्या बढी  देखा पर्ने गर्दछन ।  पानि बढी पिउने , हरियो साग सब्जी बढी खाने  । माथि उल्लेखित कुरा को कम प्रयोगले यो समस्या बाट टाढै रहन सकिन्छ  ।

युवा पुस्तामा यी पेट क समस्याहरु ;ग्यास्टिक , अल्सर , .जि.इ.आर.डी- ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज (रिफ्लक्स)  , आइ बी यस ( इरिटेबल बावल सिन्ड्रोम), कब्जियत  किन बढ्दै छन् त ?

१.चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग सानै स्कूल , कलेज बाटै सुरुवात

२. जंक फूड ,चिल्लो , अमिलो , पिरो, अजिनो मोटो राखेको खाजा ,चट्पट , पानीपुरी , दालमोठ , चाउचाउ, तेलमा, घिउमा फ्राई गरेको , तारेको, पकौरा , समोसा , निम्किन , चकलेट ,चना , केराउ , कोक नै स्थाही खाजा को रुप लिनाले

३. अफिस मा काम गर्ने , बाहिर काम मा हिंड्नु पर्ने हरु खाली पेट बढी बस्ने , खानपिन को ख्याल नराख्ने , समयमा खान खाजा नखाने ,घर बाहिर बढी खाजा खाने , खाजा राम्रो नखाने

४. दुइ छाक टन्न खाने – यसले २४ घण्टा लाई टार्न खोज्ने , तर दिउँसो खाजा नखाने।

५. दुध चिया बढी खाने , कफी खाने चलन अहिले युवा वर्ग मा बढेको पाइन्छ

६. चकलेट ,कोक , फ्यान्टा जस्ता कृतिम पेय पदार्थको बढी प्रयोग

७. साँझ बाहिर र चिल्लो ,चप्लो , रातो मासु , तेलमा, घिउमा फ्राई गरेको ,तारेको माछा मासु फ्राई गरेको बढी खाने , रक्सि को बढी प्रयोग आदि । घर बाहिर बढी खाने चलन  ।

  यस्तो तरिकाको खानपानले पनि हाम्रो समाज मा अहिले को अवस्था मा युवा बर्गमा पेट  को समस्या बढ्दै गैरहेको छ । के खाने के नखाने , त्यो बुझ्नु आवस्यक त छ । साथ साथमा निम्न कुराहरुमा पनि ख्याल राख्नु उत्तिकै आवस्यकता छ ।

पानि बढी पिउने , हरियो साग सब्जी , तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने , ३/४ घण्टा को फरकमा केहि खाई  रहने । खाली पेट बस्दै नबस्ने तर खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने ।माथि उल्लेखित कुरा को कम प्रयोगले यो समस्या बाट टाढै रहन सकिन्छ  ।

 (सह-प्राध्यपाक डा. भट्टराई. MD , DM पोखरा GASTRO CARE  (पेट तथा कलेजो रोग उपचार केन्द्र)पृथ्वी चोकमा कार्यरत गेस्ट्रो र हेपाटोलोजी विशिष्ट विषेशज्ञ हुन्।

थप जानकारी र परामर्शको लागि  फोन: ०६१-५३५ ५६० 

facebook page : gastrocare    

YOUTUBE : gastrocare

Leave a Reply