![](https://nepaldut.com/wp-content/uploads/2018/11/subas-bhattarai.png)
पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो । अहिले मोटाउनु मानिसका लागि अभिशाप बन्न थालेको छ । निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ । मोटोपना भनेको शरीर को तौल बढ्ने हो। नेपालीहरुमा मोटोपना बिशेष गरेर शरीरभरि भन्दानि पेटमा बढेको देखिन्छ। अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो मोटोपना र पेटको बोसो । अस्वस्थ जिबनसैलि र अस्वस्थ खानपानले कयौ प्रणघातक रोगहरु शिकार बनाउन सक्छ ।
मोटोपनाका कारण लाग्ने रोगहरु :
१.उच्च रक्तचाप ( हाई ब्लड़ प्रेसर ) २ .हृदयघत् ( मुटुको हार्ट एटैक) ३. मधुमेह (डाइबेटीज ) ४. कलेजोमा बोसो ( फ्याटी लिवर) ५. मस्तिकघात ( प्याराल्यसिस ) ६. घुर्ने / निन्द्रामा सास नै रोकिने ७. दम आदि
![](https://nepaldut.com/wp-content/uploads/2019/05/obes.jpg)
यी सबै आजभोली एकदमै महामारिको रुपमा बढ्दै गैरहेको छ ।हिजोआज यी सबै रोगहरु मानिसको आल्पाआयुमा हुने मृत्यु प्रमुख कारणहरु बन्न गएका छन् । मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरू गम्भीर रोगका रूपमा लिन्छन् ।
मोटोपनाले हुने कलेजो को रोग : FATTY LIVER कलेजोमा बोसो
हिजो आज धेरै बिरामीहरु USG (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखियोभनेर hospital clinic मा आउने गरेको देखिन्छ |
के हो त fatty liver ?
हामी सबैको सामान्य बुझाइको लागी fatty liver भनेको कलेजो मा बोसो जमेको अवस्था भन्न सकिन्छ |
के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो ?
धेरै जस्तो अवस्थामा fatty liver सामान्य जस्तो लाग्न सक्ला , तर यस्लाई नजरन्दाज वा हेलचेक्राई गर्नु भने हुँदैन | चिकित्सक , पेट तथा कलेजो रोग विशेषज्ञ संग परामर्श र सरसल्लाह गर्दा राम्रो हुन्छ | कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने कलेजोको नराम्रो रोगको पहिलो लक्षण पनि हुन सक्दछ |
Fatty liver भयपछी के के हुन्छ त ? (PROGRESSION OF FATTY LIVER)
- Fatty liver भनेको कलेजो को रोगको पहिलो लक्षण मान्न सकिन्छ | यो अवस्थामा मान्छे बाहिर बाट हेर्दा एकदमै normal हुन सक्छ | उसका blood (LFT/ कलेजोको रगत का ) रिपोर्ट normal नि हुन सक्छन |
- Steatohepatitis – second stage मान्न सकिन्छ
यस्मा (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखिनुको साथै कलेजो सुन्निन्छ , फुल्छ |
लक्षणहरू
कसै कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने,मुख मिठो नहुने , आलस्य, कमजोरी, पहेलो पिसाब , आँखाबाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा पर्ने( jaundice) पनि देखिन सक्छ |करंग मुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ |
यसको समयमै रोगको कारण , निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कल्जो बिग्रने अवस्था पनि आउन सकछ | कलेजो बिग्रेर कलेजो failure भएमा तेस्लाई cirrhosis ( liver सिरोसिस) of liver भनिन्छ | तर सफल उपचार गरे बिरामी पहिलेको जस्तै सामान्य अझै पनि हुन सक्छ |
तर steatohepatitis को अवस्था मा पुगिसकेपछि उचित परामर्श र औषधि प्रयोग गर्नु पर्छ | समयमै उपचार गरे कलेजो बिग्रन पाउन्दैन| आफ्नो पुरानो स्वरूपमा कलेजो राम्रो हुँदै जान्छ |
![](https://nepaldut.com/wp-content/uploads/2019/05/obese.jpg)
मोटोपना को नापन
- पेट बढेर आउने
- लगाइरहेको कपडा सानो वा टाईट हुने
- कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९० (३५.५ इन्च) सेन्टिमिटरभन्दा थोरै सामान्य मानिन्छ । त्योभन्दा बढी भए मोटोपना ।
- शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनु नै मोटोपन हो । २५ भन्दा बढी बीएमआई (तौल र उचाइको सूचक) हुनुलाई मोटोपनका रूपमा लिइन्छ । शरीरको तौल केजी लाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक (केजी / सेन्टिमिटर 2 ) नै बीएमआई हो । बीएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ । २५ देझी २९.९ बढी वजन , ३० देखि ३४.९ मोटोपना ग्रेड १ , ३५ देखि ३९.९ ग्रेड 2 वा अत्यधिक मोटोपना । ४० भन्दाबढी बीएमआई छ र जीवनशैली पनि असन्तुलित छ भने माथि उल्लेखित र अन्य प्राणघातक रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ ।
![](https://nepaldut.com/wp-content/uploads/2019/05/obesity.jpg)
मोटोपना हुने कारणहरु
- अस्वस्थ खानपीन – बढी चिल्लो र बोसो युक्त खानपिन २. विलाशी जीवन ३. शारीरिक व्यायाममा कमी ४. रक्सि र चिल्लो खानपिन ५. रगतमा नराम्रो बोसो, कोलेस्टेरोल को मात्र धेरै हुँदा ६ रोगहरु : थाईरोइड आदि ७. लामो समय सम्म औषधिहरुको प्रयोग गर्नाले : डिप्रेसनमा , लामो समय देखि दम ,जोर्नीको दुखाइमा प्रयोग हुने स्टेरोएड, महिलाले खाने चक्की , संगिनी सुइ
शरीरलाई स्वस्थ्य राख्न खानपिनमा ध्यान दिन जरुरी हुन्छ ।
- प्रशस्त मात्रामा पानी पिउनुहोस् ।
- धेरैपटक खाने तर थोरै-थोरै खाने
- भरसक तेल भएको खाना, प्याकेट को फ्राई , धेरै नखाने ,
- गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ ,कोक ,फेन्टा र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।
- तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । सलाद , गाजर, काँक्रो, मुला आदि खाने. यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।
- बेलुकी खाना खाइसकेपछि वरिपरि कम्तीमा सय कदम हिँड्ने
- सकेसम्म सुत्नु भन्दा ३/४ घण्टा पहिले नै खाना खाने
- नेपालि परिवेशमा हामिले बिहान बेलुका खाने भात बढी नै खान्छौ , जसमा कर्बोहाइड्रेट (Carbohydrate) को मात्र अत्यधिक हुन्छ। भात कम गरौं। खानामा साग सब्जी सलाद लै प्राथमिकता दिउँ ।
- रक्सि चुरोट र सुर्तिजन्य पदर्थको सेवन् नगरौ
- नियामित व्यायाम गर्नुहोस । बिहान सबेरै छिटो छिटो हिड्ने, दौडने, नाच्ने, उफ्रने, , फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, पौडी, टेनिस, डोरी आदि खेल्ने साइकल चलाउने र परेड खेल्ने, पसिना आउनेगरी आधा घण्टा दौड्ने हो भने दुई सयदेखि तीन सय क्यालोरी ऊर्जा खर्च हुन्छ ।
नियमित व्यायाम गरेमा वजन घटाउन सकिने तर, खानाबाट शरीरमा ऊर्जा थप्नु हुँदैन । खानामा परहेज नगर्ने हो भने मोटोपना घटाउने व्यायाम सफल नहुन पनि सक्छ । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको भने हुँदैन । शरीरको बोसोभन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ ।
![](https://nepaldut.com/wp-content/uploads/2019/05/calory-578x1024.png)
कुनै कुनै अन्य रोग लागेको अवस्थामा चिकित्सक ले वजन घटोस भनेर औषधि पनि दिनुहोला । तर चिकित्सक को सल्लाह बिना एस्त औषधि प्रयोग गर्नु हुँदैन
जवसम्म तपाईले खानाको मात्रामा कमील्याउनु हुन्न औषधीले केही गर्न सक्दैन । यदि तपाई अतिनै मोटो हुनुहुन्छ र मोटोपना को कारणले अन्य रोग अथवा ज्यानमारा रोग देखिएको छ भने अप्रेसनबाट पनि तौल घटाउनसकिन्छ ।
समयमै चिकित्सक संग सालह लिनुहोस् ।मोटोपना को नापम गर्नुहोस। मोटोपना को कारक कुनै अरु रोग भए नभएको पत्ता लागाउनुहोस ।मोटोपना संग जोडिएको रोग को उपचार गर्नुहोस। मोटोपन ,पेट लागेको , कलेजोमा बोसो जमेकोलाई सामन्य नलिनुहोस् । खानपिन मा ख्याल गर्नुहोस , नियामित ब्यायाम गर्नुहोस, चिकित्सक को सल्लाह अनुसार उपचार गर्नु होस्। स्वस्थ रहौँ , स्वस्थ समाज को निर्माण गरौँ ।
(सह-प्राध्यपाक डा. भट्टराई. MD , DM पोखरा GASTRO CARE (पेट तथा कलेजो रोग उपचार केन्द्र), पृथ्वी चोकमा कार्यरत गेस्ट्रो र हेपाटोलोजी विशिष्ट विषेशज्ञ हुन्।