यदि कसैलाई अहिले हेपाटाइटिस बि र सि देखिएको छ भने आउने केही वर्षमा उसको कलेजो सम्पूर्ण खराब ( liver failure) र सिरोसिस ( liver cirrhosis) पनि हुन सक्छ। हेपाटाइटिस बि र हेपाटाइटिस सि को उपचार के त ? आज पनि हामी यी रोगको उपचार छैन ; गर्नु पर्दैन, प्राकृतिक उपचार गरे पुग्छ भनी बिरामी अल्झिइरहेका हुन्छन् । चिकित्सकको सल्लाह अनुसार उपचार ,जाँच र परिक्षण गर्दा राम्रो हुन्छ । Vaccine available for Hepatitis B.
आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ लिभर भन्छौं । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ ।
कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । नेपालमा सय जना कलेजोका बिरामी जाँच गर्ने हो भने ९० बढीको कारण चाहिँ रक्सी हुन्छ । कलेजो बिगार्ने मुख्य कारण नै रक्सी नियमित सेवन हो । तर अहिले विशेषगरी के भेटिएको छ भने सहरी क्षेत्रमा हेपाटाइटिस बि र हेपाटाइटिस सि का बिरामी पनि देखा पर्न थालेका छन् । नेपालमा ५ देखि ६ प्रतिशत बिरामी हेपाटाइटिस बि र सि बाट लिवर फेलर अथवा सिरोसिसमा बदलिएका छन् ।
यदि कसैलाई अहिले हेपाटाइटिस बि र सि देखिएको छ भने आउने २० वर्षमा उसको कलेजो सम्पूर्ण खराब हुन सक्छ । यसलाई सिरोसिस भनिन्छ । सिरोसिस भनेको कलेजो पूर्णरुपमा फेल भएको अवस्था हो हेपाटाइटिस बि र सि फरक फरक रोग हुन् ।
हेपाटाइटिस बि भएका बिरामी सबैजसोले अरुलाई रोग सार्न सक्छन् । तर ९० देखि ९५ प्रतिशतमा यो रोगका किटाणु उनीहरुमा रहे पनि यसले खास असर गर्दैन । हेपाटाइटिस बिका किटाणु ६ महिनाभन्दा बढी शरीरमा रह्यो भने यसलाई हामी क्रोनिक हेपाटाइटिस भन्छौं । यदि कसैलाई ६ महिनाभन्दा बढी हेपाटाइटिस बि का किटाणु देखियो भने उसको भविष्यमा कलेजो खराब हुने सम्भावना बढी हुन्छ ।
हेपाटाइटिस सि हेपाटाइटिस बि भन्दा खतरनाक हुन्छ । यदि तपाईलाई हेपाटाइटिस सि छ भने आउने २० वर्षमा तपाईलाई शतप्रतिशत नै सिरोसिस हुन्छ । हेपाटाइटिस बि मा भने सयमा ५ जनाको मात्रै कलेजो बिग्रिन्छ ।
गाउँघरमा हामीले जसरी एचआइभी सर्छ भन्ने सुनेका छौं, त्यसरी नै हेपाटाइटिस बि र सि सर्छन् । असुरक्षित यौन सम्पर्क, रगत र यी रोग लागेका मानिसले प्रयोग गरेका औजारहरु प्रयोग गर्दा, सुईहरु प्रयोग गर्दा हेपाटाइटिस बि र सि सर्छन् । यसो भन्दैमा सँगै सुत्दैमा, चुम्बन गर्दैमा, जुठो खाँदैमा, लुगा साटेर लाउँदैमा हेपाटाइटिस बि र सि सर्दैनन् । आमामा हेपाटाइटिस छ भने उनले बच्चालाई सार्न सक्छिन्, त्यो पनि जन्म दिने बेलामा । जन्म दिने बेलामा यदि बच्चालाई यस सम्बन्धी इन्जेक्सन दिएको छ भने नसर्न पनि सक्छ ।
सिरोसिस भनेको कलेजो पूर्णरुपमा फेल भएको अवस्था हो हेपाटाइटिस बि र सि फरक फरक रोग हुन् ।
हाम्रो समाजमा हेपाटाइटिस बि र सिबारे खुलेर कुरा गरिँदैन । यसलाई हामीले असुरक्षित यौन सम्पर्कसँग जोडेका छौं । यी रोग लागेका व्यक्तिलाई नराम्रो ठानिने भएकाले पनि रोगीहरु बाहिर आउन खोज्दैनन् ।
अर्काेतिर यी रोग खतरनाक हुन्छन् भनेपछि हामी तर्किन खोज्छौं । यी रोगको प्रारम्भिक अवस्थामा केही लक्षण पनि नदेखिन सक्छन् । मात्र रगतमा खराबी देखिन्छ, छिप्पिदै गयो भने उसलाई जन्डिस देखा पर्न सक्छ । १५, २० वर्ष भएपछि बिरामीमा सिरोसिसका लक्षण देखिन थाल्छन् । यसको सुरुआती कमजोरी महसुस हुने, छिटै थकाइ लाग्ने, खान मन नलाग्ने, हातखुटा गलेर आउने हुन सक्छ । कतिपय अवस्थामा सिरोसिसको औषधीबाटै पूर्ण उपचार नहुन सक्छ । कलेजो प्रत्यारोपणको बाहेक अन्य कुनै विकल्प रहदैन ।
हेपाटाइटिस बि र सिको उपचार के त ? आज पनि हामी यी रोगको उपचार गर्नु पर्दैन, प्राकृतिक उपचार गरे पुग्छ भनी बिरामी अल्झिइरहेका हुन्छन् । लिफिफ्ट जस्ता औषधी खाएर बिरामी बसिरहेका छन् । पहिला यी रोगका उपचार र औषधी थिएनन् । अहिले हेपाटाइटिस बिको औषधी ट्याब्लेटमा उपलब्ध छ । हेपाटाइटिस बिको औषधी पहिला पनि पाइन्थ्यो तर अहिले औषधी सस्तो भएको छ । सय रुपैयाँमा एक ट्याब्लेट औषधी पाइन्छ । महिनामा ३ हजार खर्च हुन्छ । यो औषधी २ वर्ष वा केही लामो समय प्रयोग गनुपर्ने हुन्छ ।
हेपाटाइटिस सिको पहिला एकदमै कडा इन्जेक्सन चल्थ्यो । यो यति कडा थियो कि धेरै बिरामीले बीचमा गाह्रो भएर औषधी छाड्थे । यसबाट ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने यति समस्या थिए कि उपचार निकै गाह्रो थियो । उपचारका लागि नेपाली पनि विदेश जान्थे । तर अहिले हेपाटाइटिस सिको पनि औषधी ट्याब्लेटमा उपलब्ध छ । यो औषधी आएको २ वर्ष भयो । १ देखि डेढ लाख खर्च हुन्छ । कसैलाई १२ हप्ता, कसैलाई २४ हप्ता औषधी चलाउनुपर्छ । यति राम्रो औषधी छ कि यो अवधिमा हेपाटाइटिस सि पूर्णरुपमा निको हुन सक्छ । यो औषधि नेपालमा पनि उपलब्ध छ । पोखरामा यो हाम्रो संस्था ग्यास्ट्रो केयर ( पेट तथा कलेजो रोग उपचार केन्द्र मा ) परामर्श , परिक्षण , औषधी र उपचार सेवा उपलब्ध छ ।
कलेजोमा असर गर्नुभन्दा पहिले नै सम्भव भएसम्म उपचार गरौं । तपाईको कलेजो बिग्रिन थालिसकेको छ भने पनि उपचार गर्न मिल्छ । कलेजो बिग्रिदैमा मानिस मरी त हाल्दैन । मुखबाट रगत आउने, खुटा सुन्निने, पेट फुलेर आउने जस्ता समस्या नबढून भनी सचेत हुनुपर्छ । सिरोसिस भइसकेपछि मानिसलाई बेला बेलामा आइसियुमा भर्ना गर्नुपर्ने अवस्था पनि आउन सक्छ । आज तपाईलाई हेपाटाइटिस बि वा सि देखिएको छ भने उपचार गरौं, ता कि कलेजो नबिग्रियोस् । कलेजो पूर्ण रुपले बिग्रिइसक्यो भने पनि आयु बढाउन सक्ने उपाय छन् ।
उपचार यसरी गरौं कि अरुलाई यो रोग नसरोस् । हेपाटाइटिस बि र सि भएका मानिसले पनि सामान्य प्रकारकै जीवनयापन गर्न सक्नुहुन्छ । यौन सम्पर्क गर्न सक्नु हुन्छ । किटाणु रहेसम्म कण्डम प्रयोग गर्नुपर्छ । यो रोगबाट मुक्त भएपछि गर्भधारणसमेत सम्भव छ । गर्भधारणमा एउटा इन्जेकसन लगाउनुपर्छ । यतिसम्म उपचार सम्भव छ । तापनि मानिसहरु खुलेर उपचार गर्न आउन चाहदैनन् । कतिपय व्यक्तिलाई हेपाटाइटिस भएको थाह त छ । यसले केही गरेको छैन, यसको उपचार हुन्न रे भनेर बुझ्नु भएको होला । तपाईहरु थाहै नपाइ भित्रभित्र कलेजो बिगार्दै हुनुहुन्छ । यो गलत हो । यसले कलेजो बिगार्छ, कलेजोको क्यान्सरसम्म गर्न सक्छ । तर यसको सही जाँच , परीक्षणपस्चात उपचार गरे यो रोगको सफल उपचार सम्भव छ ।
हेपाटाइटिस बि र सिको नेपालमै, अझ पोखरामा सफल उपचार गरी सुखी जीवनयापन गर्न सम्भव छ ।
कलेजो बिग्रिएपछि मुखबाट रगत आउने, बेला बेलामा होस गुमाउने, पेट फुल्ने हुन्छ । जटिलता बढ्दै गएपछि आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन सक्छ । उपचार खर्च पनि धेरै हुन्छ । अहिले पनि हेपाटाइटिस बि र सिको उपचार हुँदैन मान्यता पाइन्छ । अहिले पोखरामै यी रोगको उपचार सम्भव छ । हामीले पोखराको पृथ्वीचोकमा ग्यास्टो केयर भन्ने संस्था खोलेका छौं । अहिले हाम्रो मा १०० जना जति हेपाटाइटिसका र ४० जना जति सि का बिरामी उपचाररत छन् । सबैको राम्रो उपचार भइरहेको छ । ३० जना जतिले हेपाटाइटिस सिको सफल उपचार गरेर गइसक्नु भएको छ ।
समाजमा यी रोगका बारेमा छलफल, कुराकानी हुन्न । परिवार, टोल, समाज कतै यी रोग लागेका मानिस छन् भने पठाउनुहोस्, उपचार सम्भव छ । भ्रममा नअल्झिनुस्, बेलैमा उपचार गर्नुहोस् । उपचारमा यी रोगबारे अरुलाई खबर, जानकारी नदिई उपचार गर्छाैं । यसमा आत्तिनु, तर्सिनुपर्ने कारण छैन । यी रोग किन लागेभन्दा पनि कसरी चाडै निको हुन सकिन्छ भन्नेतिर लागौं । यी रोग लागेका बिरामीले रक्सी र चुरोट बिल्कुलै खानु हुन्न । कलेजोलाई आराम दिन चिल्लो र प्रोटिन बढी हुने माछा, मासु आदि पनि कम खानुपर्छ । मौसम अनुसारका फलफूल र प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
हेपाटाइटिस बि र हेपाटाइटिस सि को संक्रमण ले कलेजो बिगार्छ । liver failure ( सिरोसिस ) पनि गर्न सक्दछ । कलेजो को क्यान्सर पनि गर्न सक्दछ ।
धेरै जसो हेपाटाइटिसका बिरामी मा रोग का कुनै पनि लक्षण नदेखिन पनि सक्छ । झट्ट हेर्दा Normal कुनै पनि ब्यक्ती सरह देखिन सक्छन । हेपाटाइटिस को संक्रमण भयेको १०/ २० बर्ष पछि बल्ल कलेजो को रोग छिपिन्दै जान्छ् र रोग को लक्षण देखिन थाल्छ । हाम्रो देश मा पनि हेपाटाइटिस को सन्क्रमण बद्ढो क्रममा छ ।
हेपाटाइटिस बि नलागोस ; अन्य ब्यक्ती बाट नसरोस भनेर यस्को खोप ( VACCINE ) लगाउन सकिन्छ । खोप को मात्र पूरा लगायमा हेपाटाइटिस बि को संक्रमण हुने सम्भावना धेरै नै घटेर जान्छ । हेपाटाइटिस छ ; छैन : रगत जांच गर्न मिल्छ । छ भने उपचार र छैन भने VACCINE खोप लगाउन सकिन्छ । सबै सेवा संस्था मा उपलब्ध छ । परिवारमा कसैलाई हेपाटाइटिस लागेको छ भने परिवारका अन्य सदस्यलाई हेपाटाइटिस बि विरुद्ध खोप लगायको खन्ड मा यो सर्न सक्दैन । खोप लगाए पछी ढुक्क हुन सकिन्छ ।
यी रोग लागेर कतिपयको परिवार टुटेको, सम्बन्धबिच्छेद भएको पनि छ । सचेत भए आफू पनि निरोगी र आफ्नो परिवारलाई पनि सुरक्षित बनाउन सकिन्छ । श्रीमान् वा श्रीमतीलाई छ भने एकअर्काको सहयोगको खाँचो छ । कतिपय विदेश जाने युवायुवती हेपाटाइटिस देखियो भनेर आउनुहुन्छ । उपचार सफल हुन्छ । उपचारपछि निरोगी रहन सकिन्छ । केही बर्ष भयो हेपटाइटिस थाह भएको ; तर मलाई केहि भएको छैन भनेर नबसौ । यस्को उपचार सम्भव छ । कलेजो खराब हुन अघी नै यस्को सफल उपचार गरौ । हेपाटाइटिस बि र सिको नेपालमै, अझ पोखरामा सफल उपचार गरी सुखी जीवनयापन गर्न सम्भव छ ।